२०८२ कार्तिक २१ गते बिहिवार | 2025 November 6th Thursday

यस पटक तिहारमा वर्षा र हिमपात : कुन प्रदेशमा कस्तो छ मौसम?

काठमाडौँ — यस वर्षको तिहारमा ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही उच्च हिमाली क्षेत्र र पहाडी भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

तिहारका दिनहरूका लागि मौसम पूर्वानुमान:

  • कार्तिक ३ (लक्ष्मी पूजा): पहाडी भू–भागमा आंशिक बदली, कोशी, बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा फाटफुट वर्षा।

  • कार्तिक ४: पहाडी भू–भाग आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा। कोशी, गण्डकी र कर्णालीका केही क्षेत्रमा फाटफुट वर्षा।

  • कार्तिक ५ (गोवर्धन पूजा): पहाडी भू–भाग आंशिकदेखि साधारण बदली, बाँकी भू–भागमा मौसम सफा। उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा/हिमपात।

  • कार्तिक ६ (भाइटीका): कोशी, मधेश र पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा। केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात।

महाशाखाले सर्वसाधारणलाई तिहार अवधिभर मौसम अपडेटको लागि सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस