२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रधानमन्त्री कार्कीले सात राजनीतिक दललाई पठाएको पत्रमा के छ?

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुन लागेको निर्वाचनको तयारीका लागि सात राजनीतिक दलसँग वार्ता गर्ने भएकी छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, वार्ता कात्तिक ४ गते मंगलबार अपराह्न ४ बजे बालुवाटारमा हुनेछ। यसमा राष्ट्रिय मान्यता प्राप्त सात दललाई बोलाइएको छ। प्रत्येक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि उपस्थित हुनेछन्।

वार्तामा सहभागी हुने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल (उपेन्द्र यादव) रहेका छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमै छलफल गरेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस