२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

श्रीमानले घर सफा नगरेको भन्दै रिसाएकी महिलाले यस्तो गरिन्, सत्य थाहा पाएपछि सबै हैरान!

चार्लोट (अमेरिका)। अमेरिकाको उत्तरी क्यारोलिनाको चार्लोटस्थित ब्यालान्टाइन क्षेत्रमा घर सफा गर्ने विषयमा भएको विवादले भारतीय मूलकी महिलालाई जेल पु-याएको छ। शिक्षक सहायक चन्द्रप्रभा सिंहले १२ अक्टोबर २०२५ मा आफ्ना श्रीमान अरविन्द सिंहको घाँटीमा चक्कु प्रहार गरेकी थिइन्।

चार्लोट–मेक्लेनबर्ग प्रहरीका अनुसार, अरविन्दले घर सफा नगरेको कारणले वादविवाद चर्किँदा चन्द्रप्रभाले जानाजानी चक्कु प्रहार गरेकी हुन्। तर उनले अनुसन्धानका क्रममा आफू नास्ता बनाउँदै गर्दा गल्तीले श्रीमानको घाँटीमा चोट लागेको दाबी गरेकी छिन्।

अरविन्द गम्भीर तर गैरघातक चोटसहित अस्पताल भर्ना भएका छन्। प्रहरीले चन्द्रप्रभालाई ‘घातक हतियारले गम्भीर चोट पुर्‍याएको’ अभियोगमा पक्राउ गरेको छ। सुरुमा धरौटी अस्वीकार भए पनि पछि अदालतले उनलाई १० हजार डलर धरौटीमा रिहा गरेको छ। उनीमाथि इलेक्ट्रोनिक निगरानी उपकरण लगाउने र श्रीमानसँग सम्पर्क नराख्ने सर्त लगाइएको छ।

चन्द्रप्रभा सिंह चार्लोट–मेक्लेनबर्ग स्कुल डिष्ट्रीक्टअन्तर्गतको एन्डहेभेन प्राथमिक विद्यालयकी शिक्षक सहायक हुन्। विद्यालय प्रशासनले अनुसन्धान सकिँदासम्म उनलाई तलबसहित निलम्बन गरेको जनाएको छ।

स्थानीय प्रहरीका अनुसार, घटनाको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस