२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

कार्की सरकारविरुद्ध बालेनले गरिरहेको षडयन्त्र खुल्दा होस् उड्नेछ

काठमाडौं। भदौ २३ र २४ गतेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र अन्तरिम सरकार गठनको प्रक्रियामा ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा चलेको अभियन्ता ईःले फेसबुक पोस्टमार्फत खुलासा गरेका छन्।

ईःका अनुसार सुरुमा बालेन्द्र साह प्रधानमन्त्री बनाउने प्राथमिकता थियो, तर परिस्थिति विकराल भएपछि योजना फेरियो। दोस्रो प्राथमिकतामा रवि लामिछाने थिए, तर परिस्थितिले उनको ओज कम गरिदियो। भदौ २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास भए पनि संविधानका आधारभूत मतभेदले योजना सफल भएन।

ईःले उल्लेख गरे, सर्वस्वीकार्य र सर्वविश्वाशिलो व्यक्तिका रूपमा सुशीला कार्की बनाइएपछि प्रारम्भिक अस्थिरता टारिएको हो। प्रधानमन्त्रीले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दै पनि ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाउनुपर्ने अडान राखेका थिए।

यस्तै, बालेन्द्र साह र उनका नजिकका व्यक्तिले राजु पाण्डे वा मीरा चौधरीलाई गृहमन्त्री बनाउन प्रयास गरेका थिए। ईःले भने, “ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा चल्दैछ, अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो?”

ईःले सबै पक्षलाई सचेत रहन र अपराधीहरूले सजाय पाउनुपर्ने, समयमै चुनाव हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने जोड दिएका छन्। उनले रगत बगाएर राजनीति गर्ने प्रयासले कसैलाई फाइदा नहुने भन्दै सत्य बोल्दा पनि पछि नहट्ने अडान व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस