२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

कांग्रेसका दुई महामन्त्रीले प्रधानमन्त्रीलाई भेटे, यी हुन चर्चाका विषय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेकी छन्। पार्टीभित्र महाधिवेशनको विषयमा विवाद चर्किए पनि उनले चुनावको वातावरण प्रभावित नबन्ने गरी पार्टीले जिम्मेवारी लिनुपर्ने सुझाव दिइन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले पार्टीको आन्तरिक विवादबारे चासो देखाउँदै, ठूलो र प्रजातान्त्रिक दलको नाताले निर्वाचनको माहोल बनाउन महत्त्वपूर्ण भूमिका खेल्न महामन्त्रीलाई आग्रह गरेकी छन्। उनले नेकपा एमालेसँग समन्वय गरी सरकार चुनावको सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको पनि बताइन्।

स्रोतका अनुसार कार्कीले महाधिवेशनको मिति तय गर्दा चुनावमा असर नपर्ने गरी गर्न आग्रह गरेकी छिन् र निर्वाचन सम्पन्न गराएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको पनि व्यक्त गरेकी छिन्।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस