२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुनसरी–३ की एमाले उम्मेदवार भगवती चौधरीको विराटनगर विमानस्थलमा भव्य स्वागत

नेकपा (एमाले)को तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं. ३ की उम्मेदवारका रूपमा टिकट प्राप्त गर्नुभएपछि गृह जिल्ला आउने क्रममा विराटनगर विमानस्थलमा भगवती चौधरीको भव्य स्वागत तथा सम्मान गरिएको छ। विमानस्थलमा स्वत स्फुर्त रुपमा पुगेका
स्थानीय नेता, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरू गरी सयौँको संख्यामा उपस्थिति रहेको थियो। नेता–कार्यकर्ताले फूलमाला, अबिर र नाराबाजीसहित उम्मेदवार चौधरीलाई आत्मीय स्वागत गरेका थिए।

उक्त अवसरमा उपस्थित जनसमुदायले भगवती चौधरीप्रति देखाएको उत्साह र समर्थनले आगामी निर्वाचनमा सुनसरी–३ मा एमालेको अभियान थप सशक्त हुने संकेत गरेको छ।

स्वागत कार्यक्रममा छोटो प्रतिक्रिया दिँदै उम्मेदवार चौधरीले पार्टी नेतृत्व, नेता–कार्यकर्ता र जनसमुदायप्रति धन्यवाद व्यक्त गर्दै जनताको आशा, विश्वास र भरोसालाई काम र परिणाममार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


विराटनगर विमानस्थलमा देखिएको जनउपस्थितिले यो अभियान व्यक्तिगत नभई जनताको साझा अभियान भएको सन्देश दिएको छ।

स्वागतपछि प्रतिक्रिया दिँदै उम्मेदवार चौधरीले पार्टी नेतृत्व, नेता–कार्यकर्ता र जनसमुदायप्रति आभार व्यक्त गर्दै वाचा होइन, काम गर्ने राजनीतिमार्फत सुनसरी–३ को विकास, समृद्धि र सामाजिक न्यायका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विराटनगर विमानस्थलमा भएको यो स्वागतलाई आगामी निर्वाचनका लागि एमालेको सशक्त सुरुवातका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस