२०८२ माघ ८ गते बुधवार | 2026 January 21st Wednesday

प्रहरी स्रोत भन्छ: एमालेले हिजै एउटा दुर्घटना गराउँदै थियो, बालेन शाहको सुझबुझले टर्यो

काठमाडौं । प्रहरीका एक उच्च अधिकारीले हिजो झापामा नेकपा एमालेले एउटा दुर्घटना निम्त्याउन खोजेको खुलाएका छन् । उनले जनबोलीसँग भने एमालेले हिजै एउटा दुर्घटना गराउँदै थियो, बालेन शाह जीको सुझबुझले त्यो टर्यो । बालेनका समर्थक असंगठित, अराजक र आतंकी छन् भन्ने देखाउँन हिजो एमालेले एउटा तानाबुना तयार गरेको थियो ।

बालेन उम्मेदवारी दर्ता गर्न आउँदै गर्दा अस्वभाविक भीड तयार गरिदिने, उक्त भीडलाई उत्तेजित बनाएर निर्वाचन कार्यालयमा झोसिदिने र उम्मेदवारी मनोनयन नै अनिश्चित बनाइदिने । वा त्यही घटनामा जोडेर निर्वाचन आचारसंहिता मिचेको अभियोग लगाएर उम्मेदवारी खारेज गर्न दवाव दिने । त्यसैका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन सचिवालयले भेला हुन कुनै आह्वान नगरेपनि हज्जारौंको भीड सडकमा आयो । रास्वपाको झण्डा बोकेका र नेपालको झण्डा बोकेकाहरु रास्वपाको पक्षका लागि आएका थिए ।

भीडको ओइरो लागेपछि सर्वसाधारण मानिसहरुपनि बालेन हेर्न ओइरीन थाले । त्यही भित्र सयभन्दा बढीको संख्यामा एमालेका भिजिलान्ते छिराइयो । उनीहरुले भीडलाई उत्तेजित पार्न, निर्वाचन आयोगको कार्यालयतर्फ नै भीड धकेल्न उक्साइरहेका थिए । जब २ सय मिटर नजिक भीड पुग्यो, माइकिङ गरेर अब २५ जनाभन्दा बढी मानिस यहाँबाट अघि बढ्न निर्वाचन आचार संहिताले मिल्दैन तपाईहरु यही बस्नुहोस् हामी उम्मेदवारी दर्ता गरेर फर्किन्छौं भनेर माइकिङ गरियो । तर एमालेका भिजिलान्तेले भीडलाई उत्तेजित पार्दै अघि जान उक्साए ।

बारम्बार माइकिङ गर्दापनि भीड झनै अघि बढ्न खोजेपछि त्यो भीडको नियन्त्रण बालेन शाह बाहेक अरुले गर्न सक्ने अवस्था देखिएन । प्रहरी बल प्रयोग गर्ने एक्शनमा उत्रिनुपर्ने अवस्था आइसकेको थिए । त्यही बेला बालेन शाहले भीडतर्फ फर्किदै झोक्किएर रिसाउँदै तपाईहरु फर्किनुहोस् । ठिक यही उभिएर हामीलाई पर्खिनुहोस् भनेपछि मात्र भीड ब्याक भयो । त्यसपछि बालेनले २५ जनाको टिम लिएर उम्मेदवारी दर्ता गर्न गए । एमालेको योजनाकारहरुलाई मिसन सफल नभएको सन्देश पठाइयो ।

त्यसपछि उनीहरुकै केही व्यक्तिलाई एमाले अध्यक्ष केपी ओली विरुद्व नारा लगाउन भनियो । र आफ्नै मान्छेलाई कुटेर लखेटेजस्तो गर्ने र आक्रमणको अवस्था सृजना गर्ने आदेश तत्काल दिइयो । प्रहरीका अनुसार त्यहाँपनि राष्ट्रिय झण्डा बोकेका रास्वपाका कार्यकर्ता चुपचाप बसेपछि सम्भावित दुर्घटना टर्यो । प्रहरी उच्च अलर्टमा थियो । सबै घटना र परिस्थितीको विश्लेषण गरिरहेको थियो । तर बालेन जीले सुझबुझ देखाउनुभयो ती अधिकारीले बताए ।

Balen Challenges Oli on Home Turf

 

प्रकाशित मिति : २०८२ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस