२०८२ फाल्गुन १२ गते मङ्गलवार | 2026 February 24th Tuesday

दलसँग जोडिएका कनिष्ठहरुलाई सिनियरको हाकिम बनाएर निर्वाचनमा खटाएपछि भयो भद्र विद्रोह

काठमाडौं । राजनीतिक दलसँग जोडिएका कनिष्ठहरुलाई सिनियरहरुको हाकिम बनाएर निर्वाचनमा खटाएको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंंगाले मतदान केन्द्रमा सिनियरलाई सहायक निर्वाचन अधिकृत र जुनियरलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

राजनीतिक दलसँग जोडिएका, भातृ संगठनको सदस्य नै रहेकाहरुलाई निर्वाचन अधिकृत र उनीहरुभन्दा बरियता माथि भएपनि सहायक निर्वाचन अधिकृत बनाएपछि कर्मचारीहरुले सामुहीक भद्र विद्रोह नै गरे । विद्रोह हेर्दा भयानक नभएपनि भद्र तथा वौद्धिक विद्रोहले मथिङ्गल हिर्काएको छ । उनीहरुले मर्यादा मिचेर दिएको जिम्मेवारीप्रति सामुहीक ध्यानाकर्षण गराएका थिए ।

तरपनि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सुनुवाई नगरेपछि सामुहीक रुपमा निर्वाचनमा खटिने तर कुनैपनि भत्ता, सुविधा नलिई राज्यलाई सहयोग गर्ने घोषणा गरिदिए । उनीहरुको विद्रोहले अन्यायपूर्ण निर्णय लिनेलाई अनुहार लुकाउनुपर्ने अवस्था ल्याइदिएको छ ।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस