२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

रवि लामिछाने चितवन–२ मा फराकिलो मतान्तरसहित अग्रस्थानमा

प्रकाश काफ्ले /काठमाडौं। Chitwan-2 मा जारी मतगणनामा Rastriya Swatantra Party (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति Rabi Lamichhane (रवि लामिछाने) फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा लामिछानेले २ हजार ८ सय १ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्।

उहाँलाई पछ्याउँदै Communist Party of Nepal (UML) (नेकपा एमाले) का उम्मेदवार Asmin Ghimire (अस्मिन घिमिरे) दोस्रो स्थानमा रहेका छन्। घिमिरेले हालसम्म १ हजार २ सय ५९ मत प्राप्त गरेका छन्।

त्यस्तै Communist Party of Nepal (नेपाली कम्युनिस्ट पार्टी) का Pratap Gurung (प्रताप गुरुङ) ले १ हजार १ सय ५१ मत प्राप्त गरेका छन् भने Nepali Congress (नेपाली कांग्रेस) की उम्मेदवार Meena Kharel (मीना खरेल) ले ९ सय १६ मत पाएकी छन्।

निर्वाचन कार्यालयका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस