प्रकाश काफ्ले/काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम अनुसार यसपटक ६ वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

हालसम्मको मतगणनाको आधारमा

  • राष्ट्रिय स्वतन्त्र पार्टी

  • नेपाली कांग्रेस

  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)

  • नेपाली कम्युनिष्ट पार्टी

  • श्रम संस्कृति पार्टी

  • राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ।