२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आखिर किन राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक स्थगित भयो? सचिवालय बैठक आइतबार बस्ने

प्रकाश काफ्ले/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित गरिएको छ। पार्टीले शनिबारका लागि तय गरेको बैठक सारेर अब आइतबार बिहान बस्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जानकारी दिएका छन्। उनका अनुसार बैठक आइतबार बिहान १० बजे बस्ने तय गरिएको छ।

सूचनामा पार्टी सभापतिरबि लामिछानेको निर्देशन अनुसार बैठकको नयाँ समय निर्धारण गरिएको उल्लेख गरिएको छ।

प्रवक्ता झाका अनुसार बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ। बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवार सिफारिससम्बन्धी विषयलाई मुख्य एजेन्डाका रूपमा छलफल गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस