२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

कतारद्वारा इरानी कूटनीतिज्ञहरूलाई देश निकालाको घोषणा

प्रकाश काफ्ले/काठमाडौं । कतार सरकारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा अधिकारीहरूलाई तत्काल देश छोड्न आदेश दिएको छ। इरानद्वारा निरन्तर भइरहेका आक्रमणहरूको कडा प्रतिवाद गर्दै कतारले यी अधिकारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ (Persona Non Grata) घोषणा गरेको हो।

कतारको परराष्ट्र मन्त्रालयका अनुसार, इरानी दूतावासमा कार्यरत सैन्य र सुरक्षा मामिला हेर्ने कर्मचारीहरूलाई यो निर्णय लागू हुनेछ। उनीहरू र उनीहरूका मातहतका सम्पूर्ण टोलीलाई आगामी २४ घण्टाभित्र कतारको भूभाग छोड्न निर्देशन दिइएको छ। इरानको पछिल्लो आक्रामक गतिविधिका कारण दुई देशबीचको कूटनीतिक सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएपछि कतारले यो कठोर कदम चालेको हो।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस