२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राजनीतिक भूकम्प! के.पी. शर्मा ओलीको गिरफ्तारीपछि एमालेको आक्रामक कदम

प्रकाश काफ्ले/काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शनिबार बिहान अध्यक्ष ओली पक्राउ परेपछि बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सरकारको यस कदमलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

घोषित कार्यक्रम अनुसार, आजै अपराह्न ३ बजे देशभरका ७७ वटै जिल्ला सदरमुकाममा एमाले निकट जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गरिनेछ। आन्दोलनलाई थप सशक्त बनाउन भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा वृहत् प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

एमालेले ओलीको गिरफ्तारीलाई लोकतन्त्र र कानुनी राज्यको उपहास भन्दै यसका विरुद्ध नागरिक समाज र अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय समेत गरेको छ। पार्टीले यस परिस्थितिलाई राजनीतिक संकटको रूपमा व्याख्या गर्दै देशभर दबाब सिर्जना गर्ने रणनीति अख्तियार गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस