२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सम्पत्ति शुद्धीकरण मुद्दा: देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाश काफ्ले / काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा भइरहेको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि उनीहरू हाल नेपालबाहिर रहेकाले पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन। देउवा दम्पती हाल विदेशमा रहेका छन्। गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरू त्यहाँबाट हङकङतर्फ गएको समाचार सार्वजनिक भएको थियो।

यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा उनीहरूमाथि कुटपिट भएको तथा बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा जलेका नोट फेला परेको घटना पनि सार्वजनिक भएको थियो। उक्त घटनापछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का तयार पारेको थियो। हाल उक्त प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अघि बढाइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस