२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

कर्मचारीको तलब बढाउने लगभग पक्का, १ लाख २१ हजारसम्म पुग्ने

काठमाडौं। तलब भत्ता पुनरावलोकन समितिले सरकारी कर्मचारीको तलब वृद्धि गर्न गरेको सिफारिस बमोजिम नै बढाउन सरकार लगभग तयार रहेको छ। प्रस्तावअनुसार कार्यालय सहयोगीको मासिक तलब ३५ हजार र मुख्यसचिवको तलब १ लाख २१ हजार बनाउन सुझाव दिइएको छ।

हाल सहयोगीको तलब २७ हजार ६१२ र मुख्यसचिवको ७७ हजार २११ रहेको छ। सिफारिसअनुसार तल्लो तहमा करिब २७ प्रतिशत र उच्च तहमा ५६ प्रतिशतभन्दा बढी वृद्धि हुने देखिन्छ। कर्मचारी संगठनले आधारभूत तलबमान ३८ हजार ८६२ रुपैयाँ माग गर्दै सामाजिक सुरक्षा, स्वास्थ्य, आवास र शिक्षा सुविधा पनि सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

 

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया दिनुहोस