२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, अन्तर्राष्ट्रिय छविमा पर्नेछ यस्तो गम्भीर असर

काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएपछि यसको अन्तर्राष्ट्रिय प्रभावबारे चिन्ता व्यक्त गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले चैत २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। तर सर्वोच्चले क्षेत्राधिकार विशेष अदालतको भएको भन्दै जिल्ला अदालतको आदेश बदर गरिदियो।

विज्ञहरूका अनुसार प्रक्रियागत त्रुटि औँल्याइएको यस आदेशले नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने सम्भावना छ। इन्टरपोलले समेत यसलाई गम्भीरतापूर्वक हेर्ने बताइएको छ। पूर्वन्यायाधीश बलराम केसीले सर्वोच्चले त्रुटि औँल्याउँदै अनुसन्धान निकायलाई सचेत गराएको भए शंका हट्ने बताएका छन् । पूर्वप्रहरी अधिकारी हेमन्त मल्लले प्रक्रियागत कमजोरीले नेपाललाई अन्तर्राष्ट्रिय छविमा असर पार्न सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस