२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

बालेन सरकारले प्रचण्डसँग नाम जोडिएका सुमार्गीको फाइल खोल्यो, राहदानी रोक्का

काठमाडौं — वर्षौंदेखि राजनीतिक संरक्षणमा थन्किएको विवादास्पद व्यवसायी अजयराज सुमार्गीसम्बन्धी बहुचर्चित फाइल अन्ततः खुलेको छ। बालेन शाह नेतृत्वमा सरकार बनेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीमाथि अनुसन्धान थाल्दै राहदानी रोक्का गरेको छ।

सुमार्गीले ट्याक्स हेभन मुलुकमा नक्कली कम्पनी खडा गरी राज्यका निकायलाई छल्दै करिब ९ अर्ब रुपैयाँ गैरकानूनी रूपमा नेपाल भित्र्याएको गम्भीर आरोप छ। २०७४ सालमै अकुत सम्पत्तिको प्रमाण भेटिए पनि प्रकरण गुपचुप राखिएको थियो। तर सरकार फेरिएसँगै अहिले सुमार्गीविरुद्ध एकाएक अनुसन्धान अघि बढेको हो। सुमार्गीले द्वन्द्व कालमा प्रचण्ड नेतृत्वको माओवादीले संकलन गरेको रकम जिम्मा लिएर व्यापारमा लगानी देखाउँदै सम्पत्ति शुद्धीकरण गरेको आशंका गरिदै आइएको थियो ।

 

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस