२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले यसरी लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेमार्फत शपथ ग्रहण गरेका छन्। गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। शपथपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरे।

त्यस्तै, आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी भएको छ। उक्त बैठकले मनोनित हुने ५१ सदस्यका विषयमा छलफल गर्ने बताइएको छ। रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस