२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

बालेनका अगाडि ७ दिन टिकेन भारतको अडान, नत्र अर्को देश बच्छौ भनेपछि लिन थाल्यो चिया

१६ असार, विराटनगर । करिब दुई महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात मंगलबारदेखि पुनः सुरु भएको छ। काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत पठाइएको मेची भन्सार कार्यालयले जनाएको छ।

भारतले अबदेखि २० प्रतिशत खेपमा मात्र र्‍यान्डम नमुना परीक्षण गर्ने सहमति गरेपछि निर्यातमा देखिएको अवरोध हट्दै गएको छ। यसअघि भारतले सबै खेपको नमुना परीक्षण गर्ने व्यवस्था गरेको थियो, जसका कारण उद्योगीहरूले निर्यात रोक्न बाध्य भएका थिए।

चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय भन्सारबाट यही प्रक्रियाअनुसार नियमित क्लियरेन्स हुन थालेमा समस्या समाधान भएको मान्न सकिने बताए। संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको र केही समयपछि झापाको सीटीसी चिया पनि जाने जानकारी दिए।

समस्याका कारण झापा, इलामसहित पूर्वी नेपालका करिब ९९ वटा चिया उद्योग बन्द भएका थिए। उद्योग बन्द हुँदा दर्जनौं साना तथा ठूला चिया बगानमा काम प्रभावित भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू पुनः सञ्चालनमा फर्किएका छन्।

 

 

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस