काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले सर्वसाधारणबाट कर्मचारीले हातमा थाप्ने घुस निमिट्यान्न पार्न सबै काममा अनलाइन थालेको छ । अब कर्मचारी र सेवाग्राहीको भेट नै हुने छैन । नेता र ठूला कर्मचारीले गर्ने नीतिगत भ्रष्टाचारमा अप्रेशन गरेर रोक्दैछ । सबैभन्दा धेरै घुस हुने यातायात कार्यालयमा सम्पूर्ण काम अनलाइनबाट हुँदैछ । बागमतीमा अनलाइनबाटै कर तिरे ब्लुबुक नवीकरणको झन्झट अन्त्य हुने भएको छ । यससँगै सवारीधनीहरूका लागि सबैभन्दा ठुलो राहतको रूपमा बागमतीमा भौतिक ब्लुबुक (सवारी दर्ता किताब) नवीकरणको झन्झटलाई हटाएको छ । प्रदेशको यातायात सम्बन्धी विषयगत मन्त्रालयले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । जसमा विभिन्न विद्युतीय भुक्तानीका माध्यमहरू जोडिएको छ ।
त्यस्ता माध्यमबाट सवारी कर तिरेको भुक्तानी भीआरएसमा देखिएमा र सोको निस्सा जारी भएमा सवारी दर्ता किताब (ब्लुबुक) भौतिक रूपमा नवीकरण गराउन आवश्यक नपर्ने व्यवस्था आर्थिक ऐनमा गरिएको हो । यसले गर्दा सेवाग्राहीहरूले कर तिर्न र ब्लुबुक नवीकरण गर्न यातायात कार्यालयमा गएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको सधैँका लागि अन्त्य भएको छ । छिटो काम गरिदिने, नभएको काम गरिदिने भन्दै कर्मचारीले घुस लिने दिनपनि पूर्ण रुपमा अन्त्य भएको छ ।

