२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

मिडिया हाउसमा शंकास्पद गाडी प्रकरणबारे रास्वपा महामन्त्रीको भनाइ

काठमाडौं । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारे। उनले चौथो अंग लोकतन्त्रको खम्बा भएकाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासँग सम्झौता गर्न नसकिने बताए।

आचार्यले पार्टीको नाममा कसैले प्रेसलाई धम्क्याउने वा तर्साउने काम गरेको भए त्यो आपत्तिजनक र कानुनी दृष्टिले गलत हुने टिप्पणी गरे। उनले मिडियाको संस्थागत विकास र हित हुँदा मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्दै फरक दृष्टिकोण भए पनि सधैं सम्मान गर्ने भनाइ राखे। उनले रास्वपा लोकतान्त्रिक मूल्य–मान्यतालाई केन्द्रमा राख्ने दल भएको उल्लेख गर्दै, मिडियाका कुनै पनि विषयवस्तुमा पार्टीले हस्तक्षेप नगर्ने र गर्न नदिने स्पष्ट पारे।

 

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस