काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पेट्रोलियम पदार्थको मूल्य घटाएको सूचना चुहाएको आशंकामा पक्राउ गर्न नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई ठाडो आदेश दिएको खुल्न आएको छ । असार १६ गते राति आएको आदेशपछि प्रहरी टोली मन्त्री यादवको सिनामंगलस्थित निवासमा पुगेर निगरानी बढाएको थियो। तर आईजीपी कार्कीले सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङसँग परामर्श गरी संसद् सचिवालयको अनुमति बिना संसद समेत रहेकी बहालवाला मन्त्री पक्राउ गर्न नसकिने भन्दै आदेश कार्यान्वयन नभएको खुलेको हो ।
प्रधानमन्त्री शाह मन्त्री यादवको गतिविधिप्रति असन्तुष्ट थिए। उनले ग्यास उद्योग संघसँगको भेटघाट र पेट्रोलियम मूल्य घटाउने निर्णयलाई सूचना चुहाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। यस घटनाले सरकारभित्र हलचल मच्चिएको थियो। अन्ततः आईजीपी कार्कीले कानुनी प्रक्रिया आवश्यक पर्ने भन्दै पक्राउ नगरी निगरानीमै सीमित गरेपछि प्रधानमन्त्री शाह आफ्नो अडानबाट पछि हटेका थिए। सभापति लामिछानेलेपनि मन्त्रीजति पक्रिदै थुन्दै वा तत्कालै निलम्बन गरिहाल्दा राम्रो म्यासेज जाँदैन भनेपछि तत्काललाई यो घटना टरेको छ । तर सुशासनमा शून्य सहनशीलताको चट्टानी अडानमा रहेका प्रधानमन्त्री बालेनले मन्त्री र आफ्नै सचिवालयका सदस्यमाथी गहिरो निगरानी बढाएका छन् । जो कोहीले जतिसुकैबेला अप्रिय घटना खेप्नुपर्ने स्रोतको दाबी छ ।

