२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

मलाई हल्लारे, अल्लारे जे भनून् वेथिती, भ्रष्टाचार र ठगि रोक्न पुलिससँगै मै जान्छु छापा र पक्राउ गर्न

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू हरेक नेपालीको सेवा गर्न जनतादेशसहित आएकाले कसैले हल्लारे/अल्लारे भनेपनि आफूलाई कुनै गुनासो नभएको बताएका छन् । वेथिती, भ्रष्टाचार र ठगि रोक्न पुलिससँगै आफूपनि छापा मा`र्न र पक्राउ गर्न जाने बताएका छन् ।

ठोरीमा गृहमन्त्री आफैं होटलमा छापा मार्न गएको भन्दै सर्वत्र आलोचना भएपछि उनले आफूमाथी हुने आलोचनाले कुनै फरक नपर्ने, नागरिकले शान्ति र अमनचैन पाए भने आफू खुशी हुने बताएका छन् । केही पूर्व प्रहरी अधिकारीले प्रहरीको हल्लारसँग दाजेर हल्लारे गृहमन्त्री समेत भनेका थिए । त्यसैको जवाफ हो ।

 

 

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस