२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

जानकी मन्दिरबाट हर्क साम्पाङका कार्यकर्ता लखेटिए

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन्। साम्पाङ मंगलबार मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम थियो। उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टी कार्यकर्तामाथि विरोध गर्दै लखेटिएको हो। हिन्दु सम्राट सेनाले साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै जनकपुर प्रवेश निषेध गर्ने चेतावनी दिएको छ।

साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै “गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखे, यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ?” भन्दै गृहमन्त्रीको फोन अफ भएको गुनासो पोखेका छन्। उनले आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ।

 

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस