२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

धादिङकी १२ बर्षीया बालिकाले हल्लाईदिइन् बालेन र सरकारको मथिङ्गल [भिडियोसहित]

धादिङ । धादिङकी एक १२ बर्षीया बालिकाले नेपालको शासन व्यवस्थालाई उदांगो पारिदिएकी छिन् । बालेन शाह र सुधन गुरुङलाई सम्वोधन गर्दै सरकार मात्र बदलिएको हो, शासन बदलिएन भन्ने तथ्य प्रमाणित गरिदिइन् । उनको एक भिडियोले सुधन, बालेन र सरकारको मथिङ्गल नै हल्लाइदिएको छ । उनकी हजुरआमा बिरामी भएपछि शिक्षण अस्पतालमा फोन गर्दा आईसीयू छैन भनेकाले उनका जनप्रतिनिधि (सांसद) बोधनारायण श्रेष्ठलाई कल गर्छिन् । मिठो शब्दमा बोल्दै आईसीयू मिलाइदिनू है भन्छिन् ।

केही समयपछि सांसदले भनेपछि शिक्षण अस्पताल काठमाडौंले आईसीयू मिलाइदियो । त्यसपछि बालिका म खुशी हौं कि दुखी हौं भन्दै अर्को भिडियो लिएर आउँछन् । उनले केही समयअघि आफ्ना बुवाले टिचिङ अस्पताललाई फोन गर्दा आईसीयू कक्ष नभएको बताएको थियो । तर सांसदले भन्दा उनीहरुले आईसीयू पाएका थिए । त्यसपछि उनले भनिन् अहिले म १२ बर्षकी छु ।

अझैपनि पावरमा मात्र देशका संरचना चलिरहने ? कम्तिमा मैले सम्म त सांसदलाई फोन गर्ने आँट गरे । नम्बर खोज्ने हैसियत मसँग थियो । तर फोन नै नभएका, माग्न वा भन्न समेत आँट नगर्ने नागरिकका लागि सरकार कहिले बन्छ बालेन शाह, सुधन गुरुङ ज्यू ? के हरेक नागरिकको हैन देश ? अझैपनि व्यवस्था त्यस्तै नै हो । अहिलेको अहिले अघि नभएको आईसीयू कसरी आयो । भर्खरै कक्ष बन्यो । मेसिनहरु नयाँ जोडियो ? यदी थियो भने सामान्य नागरिकले फोन गर्दा किन छैन भनियो ? उनले गरेको यो प्रश्नले नेपालको सत्ता उदांगिएको छ ।

यथार्थ अझैपनि यस्तै थियो । उनले भिडियोबाट प्रमाणित गरिदिइन् । साथै उनले आफ्नो बुवा कमाउन विदेश गएको, एकै बर्ष परिवारका तीन जनाको अप्रेशन गर्नु परेको । हजुरबुवा, हजुरआमा र आमाको अप्रेशन गरेको । त्योपनि धादिङ अस्पतालको लापरबाहीका कारण ठूलो क्षति ब्यहोर्नुपरेको भनेकी छिन् । नेपालको स्वस्थ्य अवस्था नै यही थियो ।

१२ बर्षकी एक बच्चिले गरेको यो यर्थाथ उजागर नेपाली शासन व्यवस्था सुधारका लागि ठूलो आधार बन्न सक्छ । समान व्यवहार नगर्नेहरुका लागि लाजको विषय बनेको छ । यो सन्र्दभ हरेक नेपालीसम्म पुग्नुपर्छ । अझ शासन सत्तामा बसेकाहरुले त यो सामाग्री पढ्नै पर्छ । नानीलाई सलाम

 

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस