२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

नेपाल टेलिकमको मनसुन अफर २०८३ सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक सुविधा सहित ‘मनसुन अफर २०८३’ ल्याएको छ। मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू उपलब्ध गराइएको छ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार पोस्टपेड प्रयोगकर्ताका लागि ३७३ र ४९९ रुपैयाँका प्याकेज उपलब्ध छन्। प्रिपेड प्रयोगकर्ताका लागि २० जीबी डेटा प्याक ९९ देखि १९९ रुपैयाँसम्ममा पाउन सकिन्छ। धेरै डेटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै १,४९९ रुपैयाँमा ५०० जीबी डेटा र ३५० मिनेट अल–नेट कलको विशेष सुविधा पनि थपिएको छ।

यस अफरमा टेलिकमले हालको ‘नमस्ते क्रेडिट’ (सापटी) सेवा १५ रुपैयाँबाट बढाएर ३० रुपैयाँ पुर्‍याएको छ। उक्त रकम प्रयोग गरेर ग्राहकले डेटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सक्नेछन्। साथै नमस्ते रिकरिङ प्याक र कर्पोरेट युजर ग्रुप प्याकलाई पनि थप आकर्षक बनाइएको छ। यी सुविधाहरू लिन ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस