२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

भारतले पठायो प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भारत भ्रमणको निम्तो पठाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका छन् ।

हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौँ, उनले भने। प्रवक्ता जयसवालले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दाबीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जयसवालले आफूलाई त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिए।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस