२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सुनसरीमा प्रहरीले गोली चलाएको विरोधमा सप्तरीमा प्रदर्शन, राजबिराज बन्दको घोषणा

सप्तरी । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार राति भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी युवकको मृत्यु भएपछि विरोध प्रदर्शन तीव्र बनेको छ। सो घटनाको विरोधमा राजबिराज सदरमुकाम बन्द गरिएको छ भने हनुमाननगर बजार पनि बन्द छ। तिरहुत गाउँपालिका–४ डिमनमा हुलाकी सडक अवरुद्ध पारेर प्रदर्शन भइरहेको छ। यसअघि कन्चनरुप नगरपालिका–११ सिमरा चोकमा युवाहरूले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई निस्शुल्क उपचार तथा क्षतिपूर्ति, दोषीमाथि कारबाहीको माग गरेका छन्। देवानगञ्जमा जारी कर्फ्युको असर सप्तरीमा समेत देखिएको छ। पूर्वतर्फको ढुवानी प्रभावित हुँदा एलपी ग्याँस आपूर्तिमा समस्या भएको व्यवसायीहरूले बताएका छन्।

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न दुई बुँदे सहमति गरेको थियो। तर सहमति विपरीत प्रदर्शन भइरहेकाले जिल्लाको सुरक्षा चुनौती थपिएको छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस