२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

डा. अमरेशको अपिल शान्ति खलबल्याउनेको पछि नलाग्नु, त्यो जुन समुदायको भएपनि मधेस बिरोधी हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले मधेसवासीलाई जातीय र धार्मिक हिंसाबाट टाढा रहन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत मधेसमा पछिल्ला हिंसात्मक गतिविधि र अशान्तिले दशकौँसम्मको प्रगति अवरुद्ध गर्ने चेतावनी दिए।

सिंहका अनुसार पटक–पटकका आन्दोलन, जातीय तथा धार्मिक द्वन्द्वले भौतिक संरचना भत्काउने, शैक्षिक सत्र अवरुद्ध गर्ने र व्यापार–व्यवसाय ठप्प पार्ने जस्ता समस्या पैदा गरेर मधेसमै ठूलो धक्का पुर्याएको छ। उनले शान्ति विरोधी तत्त्व जुनसुकै समुदाय वा वर्गको भए पनि मधेसको विकासका विरोधी भएको ठहर गर्दै सामाजिक बहिष्कार गर्नुपर्ने बताए।

उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासका लागि एकढिक्का हुनुपर्नेमा जोड दिँदै भने – “म सम्पूर्ण मधेसवासीलाई अपिल गर्छु, समाजको शान्ति र सद्भाव खलबल्याउने व्यक्तिको पछाडि नलाग्नुस्। त्यस्ता गतिविधि गर्ने जुनसुकै समुदाय वा वर्गको भए पनि त्यो मधेसको विकासको विरोधी हो।”

 

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस