काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर निधन भएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै उनले पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाललाई विश्वभर चिनाउन ठूलो योगदान दिएको बताइन्।
गत बिहीबार हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो। सांसद रानामगरले पुर्जासहित ब्रोड पिकमा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने जोड दिइन्।
प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार

