२०८३ साउन २० गते बुधवार | 2026 August 5th Wednesday

आज ह्वात्तै बढ्यो सुनको मूल्य

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौं, साउन २० गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ८०० थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ । रासस

 

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस