२०८३ भाद्र ३ गते बुधवार | 2026 August 19th Wednesday

नक्कली पनीरको जाल, दूधबाट होइन ख्वाइदैछ यस्तो घातक

नेपाली भान्सादेखि रेस्टुरेन्टसम्म लोकप्रिय पनीर अब शंका र चिन्ताको विषय बनेको छ। भारतमा ‘एनालग पनीर’ अर्थात् दूधबाट नभई वनस्पति तेल, सोया वा मटरको प्रोटिन प्रयोग गरेर बनाइने नक्कली पनीर बजारमा फैलिँदैछ। मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र र गुजरातले यस उत्पादनमा प्रतिबन्ध लगाइसकेका छन्।

परम्परागत पनीर दूध जमाएर बनाइन्छ, जसमा प्राकृतिक प्रोटिन र क्याल्सियम हुन्छ। तर एनालग पनीरमा वनस्पति फ्याट, स्टार्च वा अन्य रसायन प्रयोग हुन्छ। हेर्दा असली पनीरजस्तै देखिने भएकाले रंग, गन्ध वा बनावटले छुट्याउन सकिँदैन। मूल्य आधा पर्न सक्ने भएकाले रेस्टुरेन्ट र ठूलो परिमाणमा खाना पकाउने व्यवसायमा यसको प्रयोग बढेको छ। केही बजारमा एनालग पनीरको हिस्सा ६०–६५% पुगेको दाबी गरिएको छ।

स्वास्थ्य जोखिमबारे विज्ञहरूले चेतावनी दिएका छन् – ट्रान्स फ्याट वा हाइड्रोजेनेटेड फ्याटले कोलेस्ट्रोल र मुटु रोग बढाउन सक्छ, बढी सोडियमले रक्तचापमा असर गर्न सक्छ। नेपाली उपभोक्ताले प्याकेटमा सामग्री सूची ध्यानपूर्वक हेर्नुपर्ने, खुला रूपमा बेचिने पनीर भने प्रयोगशाला परीक्षणबिना छुट्याउन कठिन हुने बताइएको छ। यसरी बन्ने पनिर नेपाली बजारमापनि आइसकेको अनुशन्धानबाट देखिएको छ ।

 

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस