२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

हेटौँडा कपडा उद्योग : अनुगमनपछि केही महिनामै सबै लुम चल्ने मन्त्रीको घोषणा

हेटौँडा – लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले केही महिनामै सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन सुरु हुने दाबी गरेकी छन्।

शनिबार उद्योगको अनुगमन गर्दै उनले बिग्रिएका मेसिन मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको उल्लेख गर्दै सरकारको काम व्यवहारमै देखिन थालेको बताइन्।

यादवले निजी क्षेत्रबाट अवरोध सिर्जना गर्ने प्रयास भए पनि सरकार उद्योग सञ्चालनबाट पछि नहट्ने चेतावनी दिइन्। हाल उद्योगमा १० वटा लुम सञ्चालनमा ल्याएर कपडा उत्पादनको परीक्षण भइरहेको छ, क्रमशः सबै लुम सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस