काठमाडौं – सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।
संयोजक अंशुकिरण शाहीको नेतृत्वमा बसेको बैठकमा वर्षायाममा बढी उत्पादन भई खेर जाने बिजुलीलाई आन्तरिक खपत बढाउन ‘सिजनल ट्यारिफ’ लागू गर्नेबारे छलफल भइरहेको छ। समितिमा ऊर्जा मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता प्रतिनिधि, ऊर्जाविज्ञ र वित्तविज्ञ सहभागी छन्। शाहीका अनुसार उद्योगलाई पनि सहुलियत दिने तयारी छ, जसले उत्पादन सस्तो भई उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार

