२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

गृहमन्त्री गुरुङको घोषणा : सोमबारदेखि नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

काठमाडौं – गृहमन्त्री सुदन गुरुङ अब नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ महिनादेखि सुरु गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा सोमबार साँझ उनले सहभागिता जनाउँदै नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तयारी भएको छ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या र सुझाव राख्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद र केन्द्रीय नेतृत्वबीच समसामयिक तथा नीतिगत विषयमा छलफल हुनेछ।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस