२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज भने घट्यो सुनको मूल्य

gold price

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर तीन लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले घटेर प्रतितोला ४९०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७६ हजार २ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२०१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस