काठमाडौं । रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ । काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए । बाढीलाई मध्यनजर गर्दै ती जिल्लाहरूमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।
प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार

