२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चीनको मन्त्रालयले भन्यो भोटेकोशीको शीरमा फेरि बन्यो विशाल ताल, फुट्ने उच्च जोखिम

काठमाडौं – चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिकै छोचेन खोला र पुरेपू नदीको संगममा ठूलो ताल बनेको जनाएको छ। यी नदीहरू त्रिशूली नदीका मुख्य सहायक स्रोत हुन्। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। यसले तालको बाँध फुट्ने उच्च जोखिम निम्त्याएको छ।

चिनियाँ केन्द्रीय टेलिभिजन ग्लोबल टाइम्सले तालको अवस्थालाई नजिकबाट निगरानी भइरहेको र सम्भावित बाँध फुटेपछि आउने बाढीको अनुमान गर्न विशेष विश्लेषण भइरहेको जनाएको छ। आपतकालीन उद्धार कार्यमा सहयोग पुयाउन चीनको जलस्रोत मन्त्रालय सक्रिय रहेको ग्लोबल टाइम्सले भनेको छ । चीनसँगै नेपालसहित भारतसम्मको भूमिमा सचेत रहनपनि मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस