२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका मुख्य प्रतिवादी नै मात्र २० हजार धरौटीमा छुटे

बारा । बारा जिल्ला अदालतले सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा मुख्य प्रतिवादीका रूपमा अभियोग लागेका प्रोग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै चौधरीलाई नगद वा बैंक जमानतमा तारिखमा राख्ने निर्णय गरेको हो। अदालतले चौधरीविरुद्ध तत्काल प्राप्त प्रमाणले अभियोगमा संलग्न भएको पुष्टि गर्न नसक्ने ठहर गरे पनि हालै थुनामा राख्नुपर्ने अवस्था नभएको उल्लेख गरेको छ। अन्य प्रतिवादीहरूलाई भने साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ।

बालिकाको परिवारले सबै प्रतिवादीको मिलेमतोमा अपहरण, करणी र हत्या भएको आरोप लगाएका छन्। अदालतले फरार प्रतिवादीहरूको हकमा कानुनबमोजिम म्याद जारी गरी कारबाही अघि बढाउने आदेश पनि दिएको छ।

 

प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस