सिरहामा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा विवाद भएपछि शिक्षामन्त्री सस्मित पोखरेल बीचमै कार्यक्रम छाडेर निस्किए। सामाजिक सञ्जालमा ‘लखेटिए’ भन्ने भिडियो भाइरल भएपछि उनले लामो स्पष्टीकरण सार्वजनिक गर्दै भ्रम फैलाइएको दाबी गरे। पोखरेलले लेखे– “दुई जनाले हल्ला गरेपछि बाँकी विद्यार्थी र शिक्षकको सहभागिता प्रभावित भयो, त्यसैले बाहिरिनुपर्यो।”
उनले छोटो क्लिपका आधारमा गलत धारणा बनाइएको बताए। मन्त्रीले मधेश प्रदेशका विद्यालयमा ‘बुक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नयाँ अवधारणाका सुझाव सङ्कलन भइरहेको उल्लेख गरे। सिरहापछि सप्तरी र मोरङमा पनि कार्यक्रम जारी रहने बताए। उनले भने– “हामी राजनीतिक स्टन्ट गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक परिवर्तन ल्याउन आएका हौँ। हल्लाभन्दा काम ठूलो हो।”
प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार

