काठमाडौं । प्रतिनिधि सभामा सांसद अमरेश कुमार सिंहले सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशकलाई मध्यराति ज्वागलमा बोलाएर कनपट्टीमा पे`स्तोल तेर्स्याइएको आरोप सार्वजनिक गरेपछि राजनीति तातेको छ।
सिंहका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवासमा गजेन्द्र ठाकुरलाई शेरबहादुर देउवा र आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्न दबाब दिइएको थियो। त्रसित ठाकुरले “मेरो ज्यान सुरक्षित छैन” भन्दै प्रहरीलाई पत्राचार गरे पनि पर्याप्त प्रमाण नभएकाले इन्टरपोलले नोटिस अस्वीकार गरेको स्रोतको दाबी छ।
ठाकुरले दबाबका कारण सरुवा मागेको र पछि अख्तियारको मुद्दा खेपिरहेको उल्लेख गरिएको छ। घटनाबारे स्वतन्त्र पुष्टि नभए पनि प्रधानमन्त्रीको सचिवालयले आरोपको खण्डन गरेको छैन। अमरेशले बालेन नेतृत्वको सरकार मधेशी समुदायमाथि द`मन गरिरहेको भन्दै संसदमा आक्रोश पोखेका छन्। उनले मधेशी जनताको मतबाट बनेको सरकार यदि विभेद जारी राखेमा पतन पनि मधेशबाटै हुने चेतावनी दिएका छन्।

