काठमाडौं । नेपाल र साउदी अरबबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौताले साउदीका वायुसेवालाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बाटो खुलेको छ। भदौ १५ मा अन्तिम हस्ताक्षर भएको सम्झौताले हवाई सम्पर्कसँगै पर्यटन, व्यापार, लगानी र दुई देशबीचको जनस्तरीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सन् १९९९ को प्रारम्भिक सम्झौताअनुसार सातामा ५ हजार ६ सय र वार्षिक २ लाख ९१ हजार २ सय सिटसम्म उडानको व्यवस्था रहेको छ। नेपालमा हाल साउदी वायुसेवाको प्रत्यक्ष उडान नभए पनि नेपाली वायुसेवाले रियाद र दम्माममा उडान गरिरहेका छन्। नेपालले अहिलेसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार

