२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

दशैं–तिहारपछि सरकारविरुद्ध ठूलो जनविद्रोह हुन्छ – वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार बनेको आरोप लगाउँदै दशैं, तिहार र छठपछि जनता सरकारविरुद्ध स्वतःस्फूर्त विद्रोहमा सडकमा उत्रिने दाबी गरेका छन्। उनले पार्टी पंक्तिलाई त्यसको नेतृत्व गर्न तयारी अवस्थामा रहन आग्रह गरे।

रसुवा बाढीमा उद्धार–राहत असफल, किसानलाई मल र जनतालाई ग्यास उपलब्ध गराउन नसकेको तथा महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै पुनले सरकारका कारण राष्ट्रियता र स्वाधीनता कमजोर भएको समेत बताएका छन्।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस