काँकडभिट्टा–काठमाडौं रुटका बस चालक तीरमान तामाङविरुद्ध विवाहित महिलाका अन्तरङ्ग फोटो तथा भिडियो उनका ससुरालाई ह्वाट्सएपमार्फत पठाएको आरोपमा झापा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत उनीमाथि ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना तथा पीडितलाई क्षतिपूर्ति माग गरिएको छ। मिसिलअनुसार बस यात्राका क्रममा चिनजान भएपछि उनीहरूबीच प्रेम तथा लिभिङ टुगेदर सम्बन्ध बनेको थियो।
महिलाले श्रीमान्सँग नै नजिकिएर पुनः उतै घरजम गर्ने सहमति गरेपछि तामाङले चुम्बन तथा अङ्कमाल गरेका फोटो–भिडियो ससुरालाई पठाएको देखिन्छ । तामाङले भने फोटो–भिडियो सहमतिमै खिचिएको र ससुराकै आग्रहमा पठाएको बयान दिएका छन्। प्रहरीले उनको मोबाइल तथा अन्य डिजिटल प्रमाण बरामद गरी फरेन्सिक परीक्षणमा पठाएको छ।
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

