काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

