२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

नोटबन्दी गर्न सरकारलाई नेकपाको सर्मथन

काठमाडौं । भ्रष्टाचार गरेर लुकाइएको कालो धन खरानी बनाउन सरकारले नोटबन्दी गर्ने चर्चामा नेकपाले समर्थन गरेको छ । नेकपाका नेता युवराज दुलालले यो निर्णय तत्काल लिन सरकारलाई आग्रह गरे । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नोटबन्दी गर्न सरकारसँग माग गरे । बुधबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेले नोटबन्दी गरेर नयाँ नोट जारी गर्नुपर्ने बताएका हुन्।

भ्रष्टाचार गरेर लुकाइएको कालो धन खरानी बनाउन नोटबन्दी उत्तम विकल्प भएको न्यौपानेको भनाइ छ। छिमेकी देश भारतमा पनि नोटबन्दी गरिएको स्मरण गर्दै उनले तत्काल नोटबन्दी गर्न सरकारसंग माग गरे।

 

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस