२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

रवि–बालेनबीच दूरी बढेको हैन अझ घनिष्टता छ, बरु भएको चै यस्तो

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्धलाई लिएर राजनीतिक बहस चर्किएको छ। विपक्षी दलहरूले पार्टीभित्रकै अन्तरविरोधका कारण सरकार संकटमा परेको दाबी गरिरहेका छन् भने रास्वपाका नेताहरूले रवि र बालेनबीच दुरी बढेको हैन झनै घनिष्टता चै बढेको छ ।

तर पछिल्ला घटनाक्रमले दोस्रो तहका नेताहरुबीच चै प्रतिस्पर्धा र संघर्ष सुरु भएको हो । यसले पार्टी झनै बलियो बन्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । केही नेताहरूले पार्टीमा देखिएको विवाद रवि र बालेनबीचको नभई दोस्रो तहका नेताहरूबीचको शक्ति संघर्ष भएको स्पष्ट पारेका छन्। रवि र बालेन अहिले एकअर्कालाई तत्कालै निषेध गर्न सक्ने अवस्थापनि छैन ।

विपक्षीले मुख नमिठ्याए हुन्छ । दुबै तर्फका शीर्ष नेताले जनबोलीसँग बताए । रास्वपाका महामन्त्री विपिनकुमार आचार्य र केही सांसदहरुले भने सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन्। यो गटबन्दी नभई शक्ति संघर्ष भएको बताइन्छ ।

 

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस