काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी सामान्य महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरणअनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घट्दा चाँदी ४० रुपैयाँ बढेको हो।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने प्रतितोला चार हजार ४३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार

