२०८३ कार्तिक १० गते सोमवार | 2026 October 26th Monday

भारतको मौसम विभागले भन्यो नेपालसम्म भारी वर्षा र ७० किमि तिव्र गतिको आँधी आँउदैछ

काठमाडौं । भारतका विभिन्न १५ राज्य हुँदै नेपालसम्म भारी वर्षा र आँधीबेहरीको सम्भावना रहेको भन्दै मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। भारतमा आज अक्टोबर २६ देखि नै केही क्षेत्रमा ७० किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्न थालेको छ । दिल्ली, उत्तर प्रदेश, बिहार, झारखण्ड, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, उत्तराखण्ड, पञ्जाब, जम्मु–कश्मीर, पश्चिम बंगाल, ओडिशा र छत्तीसगढलगायत क्षेत्रमा भारी वर्षा तथा आँधीको चेतवानी दिइएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको चक्रवातीय प्रणाली थप शक्तिशाली बन्न सक्ने अनुमान गरिएको छ। यो नेपालका धेरै जिल्लासम्म फैलिने भनिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसम खराब भएका बेला रूखमुनि नबस्न, खुला ठाउँमा सावधानी अपनाउन र आधिकारिक मौसम सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

 

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस