काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकारमाथि सोधपुछ र पक्राउका नाममा भएको धरपकड गलत भएको ठहर गरेको हो।
पार्टी प्रवक्ता जगदीश खरेलले घटनामा को संलग्न थियो र कसको निर्देशनमा यस्तो कार्य भयो भन्ने विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिइएको बताए। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा पार्टीले कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे।
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार


